-
Empowering Educators with AI Content Creation
Listen to this article 0:00 / 0:00 “`html The landscape of education is continuously evolving, and with it, the demands on teachers to create engaging, effective, and diverse learning materials. As we look ahead, the future of AI in content creation promises to be a transformative force, fundamentally changing how educators develop resources for teaching…
-
गाईगोठबाट बदलिएको स्कूल
Listen to this article 0:00 / 0:00 विहान ९ः४५ बजे विद्यालयमा घण्टी बज्छ। बालबालिका र शिक्षक घण्टी लाग्नुअघि विद्यालय पुगिसकेका हुन्छन्। साना बालबालिका विद्यालयसम्म ल्याएर आएका अभिभावकहरू पनि यो समयमा विद्यालयमा भेटिन्छन्। विद्यालय छेउछाउका बालबालिका कक्षा-५ सम्म पढ्न अर्को विद्यालय जानुपर्ने बाध्यता अहिले हटेको छ। तर २०७४ सालअघि ठाकुरबाबा नगरपालिका २, सतघरुवा, बर्दियाको ज्ञानोदय आधारभूत…
-
रुग्ण स्कूलको सञ्जीवनी सही र सक्षम नेतृत्व
Listen to this article 0:00 / 0:00 विद्यार्थी संख्या कम भएको कारण देखाउँदै देशभरि नै स्थानीय तहले आधारभूत तहका विद्यालयलाई एकअर्कोमा गाभ्ने (मर्ज) वा तह घटुवा गर्ने गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिकाले पनि कक्षा-५ सम्म चलेको देवी आधारभूत विद्यालयको २०७८ सालमा तह घटुवा गर्यो। वडा नं. १०, चित्तपोलस्थित यो विद्यालयमा कक्षा-३ सम्म मात्र पढाउने गरी…
विद्यालयको परिचय )ः
बनेपा न. पा. वडा नं. ६ बुडोल स्थित यो विद्यालय वि. सं. २०२७ सालबाट शुरुवात भई २०३२ सालमा स्थायी स्विकृति प्राप्त गरी हाल कक्षा नर्सरी देखि कक्षा १० सम्म सञ्चालन भइरहेको छ । “गुणस्तरिय शिक्षा आजको अपरिहार्यता” भन्ने नाराका साथ यसै शैक्षिक सत्रदेखि सम्पूर्ण समुदाय, अभिभावक साथै जनप्रतिनिधि र विद्यालयको सक्रियतामा गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्य सहित अगाडि बढिरहेको छ । यस विद्यालयको कार्यक्षेत्र बनेपा न.पा.को वडा नम्बर ६ रहेको छ । तपाईंहरुको सुझाव विद्यालय विकासका लागि सधैं मार्गदर्शक हुने भएकोले सकारात्मक सुझावका लागि विद्यालय सधैं अपेक्षा राख्दछ ।
परिकल्पना )ः
गुणस्तरिय जीवनोपयोगी शिक्षा प्रदान गर्ने ।
ध्येय )ः
व्यावहारिक, व्यावसायीक तथा सिपमूलक शिक्षा प्रदान गरी दक्ष नागरिक उत्पादनका लागि पूर्वाधार निर्माण गर्ने ।
उद्देश्य )ः
नीजी विद्यालयसँग गरिएका अपेक्षाहरु सामुदायिक विद्यालयबाटै प्रदान गरि सामुदायिक विद्यालयप्रति विश्वसनीयता बढाउने ।
विद्यालयलाई समुदायमा आधारित बनाउने ।
कक्षा नर्सरी देखि कक्षा १० सम्म मायालु वातावरणमा खेल र अतिरिक्त क्रियाकलापका साथै श्रव्यदृष्यको माध्यमवाट सिकाई क्रियाकलाप गरीने ।
समय सापेक्ष गुणस्तरिय, व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउने ।
अनुशासित, चरित्रवान, इमान्दार र आदर्शवान नागरिक तयार पार्ने ।
प्रविधिमैत्री वातावरणमा शिक्षण–सिकाइलाई प्रभावकारी बनाउने ।



