श्री भक्तेश्वर मा.वि.

Listen to this article
0:00 / 0:00

विद्यालयको परिचय )ः
बनेपा न. पा. वडा नं. ६ बुडोल स्थित यो विद्यालय वि. सं. २०२७ सालबाट शुरुवात भई २०३२ सालमा स्थायी स्विकृति प्राप्त गरी हाल कक्षा नर्सरी देखि कक्षा १० सम्म सञ्चालन भइरहेको छ । “गुणस्तरिय शिक्षा आजको अपरिहार्यता” भन्ने नाराका साथ यसै शैक्षिक सत्रदेखि सम्पूर्ण समुदाय, अभिभावक साथै जनप्रतिनिधि र विद्यालयको सक्रियतामा गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्य सहित अगाडि बढिरहेको छ । यस विद्यालयको कार्यक्षेत्र बनेपा न.पा.को वडा नम्बर ६ रहेको छ । तपाईंहरुको सुझाव विद्यालय विकासका लागि सधैं मार्गदर्शक हुने भएकोले सकारात्मक सुझावका लागि विद्यालय सधैं अपेक्षा राख्दछ ।
परिकल्पना )ः
गुणस्तरिय जीवनोपयोगी शिक्षा प्रदान गर्ने ।
ध्येय )ः
व्यावहारिक, व्यावसायीक तथा सिपमूलक शिक्षा प्रदान गरी दक्ष नागरिक उत्पादनका लागि पूर्वाधार निर्माण गर्ने ।
उद्देश्य )ः
 नीजी विद्यालयसँग गरिएका अपेक्षाहरु सामुदायिक विद्यालयबाटै प्रदान गरि सामुदायिक विद्यालयप्रति विश्वसनीयता बढाउने ।
 विद्यालयलाई समुदायमा आधारित बनाउने ।
 कक्षा नर्सरी देखि कक्षा १० सम्म मायालु वातावरणमा खेल र अतिरिक्त क्रियाकलापका साथै श्रव्यदृष्यको माध्यमवाट सिकाई क्रियाकलाप गरीने ।
 समय सापेक्ष गुणस्तरिय, व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउने ।
 अनुशासित, चरित्रवान, इमान्दार र आदर्शवान नागरिक तयार पार्ने ।
 प्रविधिमैत्री वातावरणमा शिक्षण–सिकाइलाई प्रभावकारी बनाउने ।

1 thought on “श्री भक्तेश्वर मा.वि.”

Leave a Reply to rr3game Cancel Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top